काठमाडौँ ।
STC द्वारा संचालित स्मार्ट क्यू आर बाट स्क्यान गर्दा २० प्रतिशतदेखि तीन सयसम्म क्यासव्याकको व्यवस्था गरिएको छ ।
बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स् कमलादीस्थित सजनगोठ, दरवारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स् जस्ता मिष्ठान्न पसलको मिठाई खरिद भुक्तानीमा क्यासव्याक योजना ल्याइएको STC ले जनाएको छ ।
यो अफर नोभेम्बर २ देखि ११ नोवेम्बरसम्म लागु हुनेछ । सहभागी स्टोरहरूमा कुनै पनि स्मार्ट QR नेटवर्कको सदस्य वालेट IME PAY, Prabhu PAY, QPay र मोबाइल बैंकिङ एप (ग्लोबल स्मार्ट) प्रयोग गरी स्मार्ट QR मार्फत भुक्तानी गर्ने ग्राहकले योजना अवधिभर क्यासब्याकको सुािधा पाउनेछन् ।
प्रतिक्रिया