Logo

बैंक / बिमा /शेयर

गरिमा विकास बैंकको पहिलो त्रैमासमा १८ करोड ४४ लाख बढी नाफा


GDP नेपाल
   २१ कार्तिक २०७८, आइतबार


काठमाडौँ ।

गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड ४४ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै, समीक्षा अवधीसम्म खुद ब्याज आम्दानी ५१.५८ प्रतिशतले मात्र बढेपनि सञ्चालन नाफा १२६.९५ प्रतिशतले सुधार भएपछि खुद नाफामा आकर्षक वृद्धि भएको हो । गरिमाको निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार भएको छ ।

यता, पहिलो त्रैमाससम्म आइपुग्दा गरिमाको प्रतिशेयर आम्दानी १० रुपैयाँ ४ पैसाले बढेर वार्षिक २० रुपैयाँ ७ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा छ । बैंकको रिजर्भ कोष पनि ५१.२७ प्रतिशतले बढेर १ अर्ब १० करोड रुपैयाँ नाघेको छ । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई एक्वायर गरेर कात्तिक २८ गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेको छ ।

प्रकाशित : २१ कार्तिक २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह