सनराइज बैंकले बाँकेको जानकी गाउँपालिका ४ खजुराखुर्दमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
बैंकले खजुराखुर्दमा ७९ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । गाउँपालिकाका अध्यक्ष भुमिसरा धिताल र बैंकका नेपालगंज शाखाका शाखा प्रबन्धक अनिल बज्राचार्यले सो शाखाको सयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त शाखारहित बैंकिङ सेवाका लागि ब्यावसायिक प्रतिनिधिका रुपमा ललिता मिश्रलाई नियुक्त गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले देशभर ७९ शाखारहित बैंकिङ सेवा, १३९ वटा शाखा कार्यालय र १५८ एटिएमबाट बैंकिङमार्फत उत्कृष्ट सेवा दिँदै आएको छ ।
प्रतिक्रिया