आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Pick Me बिच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र Pick Me का अध्यक्ष प्रसन्न अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो सम्झौता अनुसार आइएमई जनरल इन्स्योरेन्सले Pick Me का चालक र Pick Me प्रयोग गर्ने सबै ग्राहकको एक लाखसम्मको दुर्घटना बीमा गर्ने भएको छ ।
सम्झौता सम्पन्न भएसँगै Pick Me का अध्यक्षले आइएमई इन्स्योरेन्सबाट चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् । कम्पनीको तर्फबाट चालक तथा Pick Me ग्राहकले ride sharing, food delivery, logistic support, mart बचत एउटै एपबाट गर्ने व्यवस्था रहेको र सो एप Playstore तथा App Store बाट डाउनलोड गर्न सकिने अधिकारीले जानकारी दिएका छन् ।
त्यस्तै, इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले Pick Me का चालक र ग्राहक महानुभावहरुलाई कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा Pick Me का अध्यक्ष लगायत Pick Me टिमलाई धन्यवाद दिँदै Pick Meभ प्रयोग गर्ने चालक र सबै ग्राहकलाई दुर्घटना बीमा गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । उक्त अवसरमा श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमा सेवा लिन पनि सबैमा आग्रह गरेका छन् ।
प्रतिक्रिया