काठमाडौँ ।
आइएमईले वर्ड भ्रमण विथ साइग्रेस (Word Tour with SAIGRACE) को आयोजना गर्ने भएको छ ।
सो कार्यक्रम सात वटै प्रदेशका मुख्य शहरहरूमा कार्तिक २३ देखि मङ्सिर १७ (९ नोभेम्बर देखि ३ डिसेम्बर, २०२१ ) सम्म आयोजना हुने आइएमईले जनाएको छ । कार्यक्रममा नेपाली स्टोरी टेलर साईग्रेसले श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा सँगसँगै रेमिटेन्स रकमको सहि सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई मुख्यरुपमा कथामार्फत प्रस्तुत गर्ने छन् ।
यस कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आइएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ । साथै एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेज्मेन्ट र आइटी रहेको छ भने मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द (RONB) हुने भएको छ ।
उक्त कार्यक्रम आइएमई लिमिटेड र आइएमई पेका आधिकारिक सामाजिक सञ्जाल (facebook, youtube, twitter, linkedin) पेजहरूका अतिरिक्त साईग्रेसका अफिसियल पेजहरुबाट पनि प्रसारण हुने बताइएको छ ।
कार्यक्रम तालिका
१ होटल रुबस (धनगढी)- ९ नोभेम्बर २०२१ /दिउँसो २ः३० बजे ९८६८२२२०५५
२ क्लब ग्राभिटी (पोखरा)- २२ नोभेम्बर २०२१ /दिउँसो ४ः०० बजे ९८१९१४४३४७
३ राष्ट्रिय नाच घर (काठमाण्डौं)- ३ डिसेम्बर २०२१ /दिउँसो ३ः३० बजे ९८०१६४४४६२
४ साई पार्टी प्यालेस (झापा)- १३ नोभेम्बर २०२१ /दिउँसो ३ः०० बजे ९८१४०९९८०४
५ डि कन्सेप्ट (बुटवल)- २० नोभेम्बर २०२१ दिउँसो /२ः३० बजे ९८५७०८०२८८
६ चितवन गार्डेन रिसोर्ट (चितवन)-१९ नोभेम्बर २०२१ /दिउँसो २ः३० बजे ९८४५५२९५८२
७ BPKIHS अडिटोरियम (धरान)- १५ नोभेम्बर २०२१ /दिउँसो २ः०० बजे ९८६०९३४६५४
प्रतिक्रिया