प्राइम बैंकले लाभांश घोषणा गरेको छ ।
बैंकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट सेयरधनी लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर र ०.६३१३ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकको गत सोमबार बसेको सञ्चालक समितिको ४३३ औं बैठकले सो लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात बैंकको आगमी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।
प्रतिक्रिया