Logo

बैंक / बिमा /शेयर

डिम्याट खाता खोल्नेको संख्यामा ह्वात्तै वृद्धि, हालसम्म ४६ लाख बढीले खोले खाता


GDP नेपाल
   २३ कार्तिक २०७८, मंगलबार


काठमाडौँ ।

पछिल्लो समय डिम्याट खाता खोल्ने र सेयरमा लगानी गर्ने लगानीकर्ताको संख्यामा ह्वातै वृद्धि भएको छ ।

सिडिएस एण्ड क्लियरिङका अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ४६ लाख १८ हजार ६ सय २० पुगेको छ । गत चैत मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ३२ लाख ७२ थियो । तर, पछिल्लो ७ महिनामै डिम्याट खाता खोल्नेको संख्या १४ लाखले वृद्धि भएको छ ।

त्यस्तै, मेरो शेयर प्रयोगकर्ताको संख्या पनि ३७ लाख ३४ हजार ३ सय १९ पुगेको सिडिएससीले जानकारी दिएको छ । मेरो सेयरबाट साधारण शेयर ९आईपीओ० भर्न तथा दोस्रो बजारमा बिक्री गरिएको शेयर ट्रान्सफर गर्न सकिन्छ । मेरो शेयरमा खाता नहुने व्यक्ति आईपीओ भर्न बैंकमा पुग्नु पर्ने हुन्छ ।

प्रकाशित : २३ कार्तिक २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह