Logo

घुमफिर

पर्यटन क्षेत्रका यी १५ भाइरस: डाइनेष्टी एयरदेखि बयोधा हस्पिटलसम्मलाई कस्तो कारबाही होला ?


appharu
   ३० श्रावण २०७५, बुधबार


यी हुन् नेपाली पर्यटन क्षेत्रका १५ भाइरस, डाइनेष्टी र मनाङ एयरदेखि बयोधा हस्पिटलसम्मलाई कस्तो कारबाही होला ?
काठमाडौं । सरकारले पदयात्री पर्यटकलाई बिरामी बनाएर उद्दार गर्ने अर्थात ‘फेक रेस्क्यु’लाई व्यवसाय नै बनाएका विभिन्न १५ संस्थामाथि कारबाही गर्ने भए पनि अधिकांश व्यवसायी सत्तानिकट भएकाले उनीहरुमाथि नाममात्रैको कारबाही हुने आशंका उत्पन्न भएको छ ।

फेक रेस्क्युको धन्धा चलाएर करोडौ रकम असुल गरेर संसारभर नेपालको बदनाम गराएका यी कम्पनीमाथि सामान्य जरिवाना गराएर छाड्ने सरकारको तयारी छ । ंनेपालको पर्यटन क्षेत्रका यस्ता भाइरसले फेरि अर्को नाउँमा टाउको नउठाउलान् भन्न सकिन्न ।

सरकारले प्रारम्भिक चरणमा कारबाहीको लागि परिपत्र गरेका कम्पनीमा हेलिकप्टर कम्पनीतर्फ मनाङ एयर, एयर डाइनेस्टी र हेली एभरेष्ट छन् ।

यस्तै, ट्राभल तथा रेस्क्युतर्फ हिमालय सोसल जर्नी, माउन्टेन रेस्क्यू, कैलाश चार्टर्ड, इजी हेली, इगल हेली, फ्लाइट कनेक्सन, अल्पाइन रेस्क्यू र माउन्टेन हेली परेका छन् ।

मिलेमतोमा उपचारको फर्जी बिल बनाएर लुटधन्धा चलाउने अस्पतालमा बयोधा, स्वाकन, न्यू इरा र सिविक अस्पताल छन् ।

यी कम्पनीले नेपालको अन्तर्राष्ट्रिय इमेज नै ध्वस्त पारेका कारण राज्यविरुद्धको अपराधको मुद्दा लगाउनुपर्नेमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार मुद्दा लगाएर चोख्याउन खोजिएको प्रष्टै देखिएको एक व्यवसायीले बताए ।

त्यसै पनि प्रारम्भिक छानबिनमा रहेका १० हेलिकप्टर कम्पनी, ६ अस्पताल, ३६ ट्रेकिङ र रेस्क्यू कम्पनीको विवरणमा केही व्यवसायीको सत्तासँगको बलियो सम्बन्धकै कारण सीमित कम्पनीलाई मात्र कारबाहीको सूचीमा राखिएको छ ।

छानबिन समितिले ७ सय पृष्ठ लामो प्रतिवेदन बुझाए पनि कारबाहीका नाउँमा उनीहरुलाई सुनपानी छर्केर चोख्याउने प्रयाश भइरहेको बताइएको छ ।

प्रकाशित : ३० श्रावण २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह