Logo

घुमफिर

अक्टोबरमा भित्रिए एक लाख २४ हजार पर्यटक, सबैभन्दा धेरै भारतीय


GDP नेपाल
   २० कार्तिक २०८१, मंगलबार


काठमाडौँ । अक्टोबर महिनामा १ लाख २४ हजार ३९३ पर्यटक नेपाल भित्रिएका छन् ।

अघिल्लो वर्षको अक्टोबरको तुलनामा नेपाल भित्रिने पर्यटकको संख्या छ दशमलव चार प्रतिशतले बढी हो। अघिल्लो वर्षको यसै अवधिमा ९६ हजार पर्यटक नेपाल भित्रिएका थिए।

अक्टोबरमा नेपाल घुम्न आउने पर्यटकमा सबैभन्दा धेरै भारतीय रहेका छन् । एक महिनामा १६ हजार ३१३ भारतीय पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

त्यस्तै, अमेरिकाबाट १६ हजार, चीनबाट ७ हजार, अस्ट्रेलियाबाट ६ हजार, श्रीलंकाबाट १ हजार, बेलायतबाट ८ हजार, बंगलादेशबाट ४ हजार, जर्मनीबाट ६ हजार र इटालीबाट २ हजार पर्यटक भित्रिएका छन्।

प्रकाशित : २० कार्तिक २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह