काठमाडौं । नेपाल पर्यटन बोर्डले पछिल्लो समय भारी वर्षाका कारण अवरुद्ध भएका पर्यटकलाई सहयोग गर्न २४ सै घण्टा क्राइसिस सेल सक्रिय गरेको छ।
मनसुन घट्न थालेपछि र परिस्थितिमा सुधार हुँदै जाँदा, जनजीवन क्रमशः सामान्यमा फर्किएको र पर्यटन पुनः सुचारुको बाटोमा रहेको छ।
अधिकांश ठूला सडकहरू अहिले जोडिएका छन् र काठमाडौं आउने र जाने उडानहरू सामान्य रूपमा सञ्चालन भइरहेका छन्।
केही पदयात्रा क्षेत्रहरू अझै पुनर्स्थापित भइरहेका बेला, यात्रुलाई उनीहरूको यात्रा जारी राख्न र नेपालको प्राकृतिक सौन्दर्य अन्वेषण गर्न प्रोत्साहित बोर्डले प्रोत्साहित गरेको छ ।
बोर्डले तत्काल सहयोगको लागि सम्पर्क गर्न सकिने नम्बर उपलब्ध गराएको छ ।
- पर्यटक प्रहरी हटलाइन: 9851289445
- NTB क्राइसिस सेल हटलाइन: 9851254666
अद्यावधिक जानकारीहरू https://trade.ntb.gov.np/situation-updates/ मा उपलब्ध छ ।
प्रतिक्रिया