काठमाडौँ ।
कामना सेवा विकास बैँकले सोह्रखुट्टेस्थित नेपाल वरिष्ठ नागरिक समाजद्वारा सञ्चालित वृद्धाआश्रममा खाद्यान्नलगाएतका सामाग्री सहयोग गरेको छ ।
बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको हो । सो कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख, रिकभरी विभाग प्रमुख तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो । देशभर विभिन्न कार्यक्रम सञ्चालन गर्दे आइरहेको बैंक आगामी दिनहरुमा समेत यसलाई निरन्तरता दिने बताएको छ।
प्रतिक्रिया