Logo

Banner-news

नक्कली लालपूर्जा बनाएर १९ करोड ठगी गर्ने कुमारी बैंकका कर्मचारीसहित ४ पक्राउ


GDP नेपाल
   २४ कार्तिक २०७८, बुधबार


काठमाडौँ ।

चर्चित गायक योगेश्वर अमात्यको १२ बिगाहा जग्गाको नक्कली लालपुर्जा बनाई १९ करोड रुपैयाँ ठगी गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अमात्यको बारामा रहेको १२ बिगाहा जमिनको नक्कली कागजात बनाइ बैंकबाट ऋण निकालेको आरोपमा कुमारी बैंकका कर्मचारीसहित ४ जना प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्याङ्कनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन रहेका छन् । जग्गा ठगी गरेको थाहा पाएलगत्तै अमात्यले केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० लाई खबर गरेका थिए ।

हाल पक्राउ परेका चार जनामाथि अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।

प्रकाशित : २४ कार्तिक २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह