काठमाडौँ ।
धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ५० लाख ८० हजार खराब कर्जा उठाएको छ । त्यसैगरी खराब कर्जा संकलनमा वृद्धि भएसँगै कम्पनीको नाफा पनि गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९ दशमलव ४३ गुणा वृद्धि भएको छ ।
गत आवको पहिलो त्रैमासमा रू। ५ लाख ३ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा ९७ लाख ७५ हजार नाफा कमाएको छ । त्यसैगरी, चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्नमा टेवा पुगेको छ ।
कम्पनीको चुक्तापूँजी ७ करोड रहेको छ भने जगेडामा ९ करोड ५६ लाख सञ्चित रहेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ६१ करोड ३ लाख सापटि लिएर, रू।५७ करोड ५९ लाख ४० हजार निक्षेप संकलन गरेर रू। १ अर्ब ३८ करोड ८० लाख कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया