Logo

बिजनेस होम

मेगा गिभअवे अफर: सकारात्मकताको सन्देश फैलाउन तीनवटा ब्रान्डबीच सहकार्य


GDP नेपाल
   २५ कार्तिक २०७८, बिहिबार


श्री बालाजी डायमण्ड्सले यही नोभेम्बर १ देखि ३० सम्म ‘मेगा गिभअवे’ को अफर ल्याएको जनाएको छ।

इन्डो–एथनिक पहिरनका लागि परिचित अजिइजा एटेलियर र हिरा एवम् सुनको क्षेत्रको घरेलु ब्रान्ड बालाजीले मेगा भिगअवेमा सहभागी हुन ग्राहकहरूलाई आग्रह गरेको छ।

अफर अन्तर्गत एक जना भाग्यशाली विजेताले १ लाख ११ हजार रुपैयाँ बराबरको सामान र बहुमूल्य वस्तुहरू जितेर आफुलाई आउने विवाहको सिजनको लागि तयार गर्न सक्नेछन्।

श्री बालाजी डायमन्ड्सले हिराको झुम्का सेट उपलब्ध गराउँछ, अजिइजा एटेलियरले गुलाबी र हरियो गरारा सेट र गुलाफीले उत्कृष्ट ब्रान्डहरूबाट स्किनकेयर र कस्मेटिक्सहरू उपलब्ध गराउँछ। जसले विवाह र उत्सवको लागि तयार हुन मद्दत गर्ने कम्पनीको भनाई छ।एक भाग्यशाली विजेताले आगामी विवाह सिजनको लागि तयार हुन सबै ३ वटै ब्रान्डहरूबाट उपहारहरू जित्नेछन्।

गुलाफीबाट उच्च गुणस्तरको बिउटी र वेलनेस उत्पादनहरू, अजीइजाको तर्फबाट इन्डो–एथनिक लेहेंगा र एसबीडीको तर्फबाट गहनाहरूको सेटका साथमा अब आउने मंसिरको विवाह सिजनको लागि सजिएर तयार सकिनेछ। मंसिर १५ गते लक्की ड्र मार्फत गुलाफीको इन्स्टाग्राममा विजेताहरूको घोषणा गरिनेछ।

प्रकाशित : २५ कार्तिक २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह