Logo

बैंक / बिमा /शेयर

वोमी लघुवित्तको पहिलो त्रैमासमा १ करोड ६६ लाख नाफा


GDP नेपाल
   २५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ ।

वोमी लघुवित्त वित्तीय संस्था चालु आर्थीक वर्षको पहिालो त्रैमासीक वित्तीय विवरण सार्वजनीक गरेको छ ।

कम्पनीले गत आवको पहिलो त्रैमासमा १ करोड ६६ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर ४ करोड ९१ लाख पुगेको हो । यो गत आवको पहिलो त्रैमासको तुलनामा १९५ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीको चुक्ता पूँजी ४१ करोड १९ लाख ४४ हजार रहेको छ भने कम्पनीले जगेडामा  ३५ करोड ४५ लाख सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले  ३ अर्ब ६ करोड ८५ लाख सापटी लिएर र १ अर्ब ९६ करोड २५ लाख निक्षेप संकलन गरेर  ५ अर्ब २३ करोड ५२ लाख कर्जा लगानी गरेको हो ।

त्यसैगरी सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४७ दशमलव ७५, मूल्य आम्दानी अनुपात ३३ दशमलव ७० गुणा, तरलता अनुपात २९ दशमलव ७८ प्रतिशत र प्रतिशेयर नेटवर्थ १८६ दशलमव शून्य ६ रहेको छ ।

 

प्रकाशित : २५ कार्तिक २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह