Logo

बैंक / बिमा /शेयर

बैंक अफ काठमाण्डूका ग्राहकलाई एपोलो पोलि क्लिनिकमा २० प्रतिशतसम्म छुट



काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र एपोलो पोलि क्लिनिकबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी क्लिनिकमा भुक्तानी गर्दा बैंकका ग्राहकले २० प्रतिशतसम्म छुट पाउने छन् । यस सम्झौता पश्चात् ग्राहकले एपोलो पोलि क्लिनिकले प्रदान गर्ने प्याथोलिजी सेवामा २० प्रतिशत, डाईग्नोष्टिक सेवाहरुमा १५ प्रतिशत देखि २० प्रतिशतसम्म तथा फार्मेसी सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् । उक्त सेवामा छुट उपयोग गर्नको लागि ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

एपोलो पोलि क्लिनिकले काण्ठमाडौं उपत्यकाको मैतिदेवीबाट सेवाग्राहीहरुलाई सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

त्यस्तै, बैंक अफ काठमाण्डू लिमिटेडले देशभर ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

प्रकाशित : २५ कार्तिक २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह