Logo

बिजनेस होम

चाडबाडको मौका छोप्दै मिडियामा सूर्ति र मदिराको विज्ञापन, बोर्डले कारबाही गर्ने


GDP Nepal
   २५ कार्तिक २०७८, बिहिबार


काठमाडौं । विज्ञापन बोर्डले हालैका दिनमा चाडबाडको मौका छोपी विभिन्न सञ्चारमाध्यमले प्रतिबन्धित मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन गरेको भन्दै कारबाहीको चेतावनी दिएको छ ।

बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै चाडबाडको समयमा कतिपय पत्रपत्रिका लगायत विभिन्न सञ्चारमाध्यममा प्रचलित कानून विपरीत मदिराका विज्ञापन प्रकाशन तथा प्रसारण भएको पाइएको जनाएको छ ।

यस्तै, देशका विभिन्न भागमा राखिएका होर्डिङ्ग बोर्डमा समेत त्यस्ता विज्ञापन देखिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो कार्य गैरकानुनी भएको भन्दै तत्काल हटाउन बोर्डले निर्देशन दिएको छ र निर्देशनको पालना नभए कारबाही हुने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “उक्त कार्य जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा विज्ञापन नियमन गर्ने ऐन, २०७६ विपरीत भएकोले मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउनु हुन तथा होर्डिङ्ग बोर्डमा रहेका विज्ञापन समेत तत्काल हटाउनु हुन सूचित गरिन्छ । अन्यथा कानून बमोजिम कारवाही हुने व्यहोरा सम्वन्धित सवैलाई जानकारी गराइन्छ ।”

हेर्नुहोस्, विज्ञप्तिको पूर्णपाठ
जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा “मदिरा, चुरोट, सुर्ती तथा सूर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन” भन्ने व्यवस्था रहेको साथै विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ५ को उपदफा १(छ) मा “प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका बिषयमा विज्ञापन गर्न नहुने” व्यवस्था गरेको छ ।


चाडबाडको समयमा कतिपय पत्रपत्रिका लगायत विभिन्न सञ्चारमाध्यममा प्रचलित कानून विपरीत मदिराका विज्ञापन प्रकाशन तथा प्रसारण भएको पाइएको र देशका विभिन्न भागमा राखिएका होर्डिङ्ग बोर्डमा समेत त्यस्ता विज्ञापन देखिएकोले उक्त कार्य जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा विज्ञापन नियमन गर्ने ऐन, २०७६ विपरीत भएकोले मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउनु हुन तथा होर्डिङ्ग बोर्डमा रहेका विज्ञापन समेत तत्काल हटाउनु हुन सूचित गरिन्छ । अन्यथा कानून बमोजिम कारवाही हुने व्यहोरा सम्वन्धित सवैलाई जानकारी गराइन्छ ।

प्रकाशित : २५ कार्तिक २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह