काठमाडौँ ।
सांग्रिला डेभलपमेन्ट बैंकले रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राम शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबार मणिग्राम शाखा उद्घाटन गरेको हो ।
मणिग्राम शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकको छ ।
हाल बैंकले मुलुकका विभिन्न स्थानमा १०२ शाखामार्फत बैंकिङ सेवा दिँदै आएकामा सम्भावित क्षेत्रका अन्य स्थानमा पनि थप शाखा विस्तारको योजना रहेको जनाएको छ ।
प्रतिक्रिया