Logo

राजनीति

चिसिदैँ भारत-चीन सम्बन्ध, चिनियाँ नागरिकलाई ई-भिसा नदिने भारतकाे निर्णय


GDP नेपाल
   २६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ ।

भारतले चिनियाँ नागरिकलाई इलेकट्रोनिक पर्यटक भिसा (ई-भिसा) नदिने निर्णय गरको छ । भारतले चीन, हङकङ र मकाउका चिनियाँ नागरिकलाई ई-भिसा नदिने निर्णय गरेको हो ।

भारतले कोरोना संक्रमणका कारण स्थगित गरेको ई भिसा आउँदो सोमबारदेखि खोल्ने भएको छ । चिनियाँ नागरिक बाहेक ताइवान, भियतनाम, सिंगापुरलगायत १५२ अन्य देशका नागरिकले भने ई-भिसा पाउने छन् । पछिल्लो समय चीन र भारतबीच सिमा नाकामा चलिरहेको धक्कामुक्कीको अवस्थाले दुई देशबीचको सम्बन्ध चिसिएको छ ।

त्यस्तै, भारतले यस अघि नै ५० भन्दा बढी चिनियाँ मोबाइल एपमाथि समेत प्रतिबन्ध लगाइसकेको छ ।

प्रकाशित : २६ कार्तिक २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह