काठमाडौँ ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कञ्चनपुरको पुनर्वास नगरपालिकामा नयाँ शाखा सञ्चालन गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले भावी योजना, आधुनिक प्रविधिद्वारा प्रदान गरिने सुविधाका सम्बन्धमा र सुदूरपश्चिममा जीवन बीमाको पहुँच तथा जागरुकताको लागि यो शाखा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे।
कम्पनीका बिजनेस हेड कर्मराज पौडेलले आइएमई लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ता भई काम गर्दा स्थानीय समुदायको समृद्धिमा टेवा पुग्ने बताए।
कम्पनीका देशभर १३४ वटा शाखा तथा उपशाखा सञ्चालनमा छन्। आइएमई लाइफमा हाल २ लाख ७ हजार ४३४ बीमित छन् भने २३ हजार ४१४ अभिकर्ता कार्यरत छन्।
प्रतिक्रिया