Logo

बैंक / बिमा /शेयर

प्रभु बैंकले स्पष्टिकरण दिएसँगै सेयर कारोबार फुकुवा


GDP नेपाल
   २६ कार्तिक २०७८, शुक्रबार


काठमाडौं ।

प्रभु बैंकले नेप्सेलाई स्पष्टीकरण बुझाएसँगै बैँकको सेयर कारोबार फुकुवा भएको छ ।

बैंकले आगामी दिनमा कारोबार समयमा सञ्चालक समितिको बैठक बसी लाभांश सम्बन्धि निर्णय नगरिने प्रतिवद्धता व्यक्त गरेसँगै नेप्सेले सेयर कारोबार फुकुवा गरेको हो । सेयर कारोबार चलिरहेको समयमा सञ्चालक समिति बैठक गरी बैँकले लाभांश वितरणको प्रस्ताव पारित गरेपछि नेप्सेले बैंकको सेयर कारोबार रोक्का गरदिएको थियो ।

बैंकको कार्तिक २३ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट १२ प्रतिशत बोनस र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित : २६ कार्तिक २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह