Logo

अर्थनीति

व्यावसायिक उत्पादनमार्फत आत्मनिर्भरः मन्त्री बराल


GDP नेपाल
   २६ कार्तिक २०७८, शुक्रबार


गलकोट  ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले व्यावसायिक उत्पादनमार्फत मात्रै आत्मनिर्भर बन्न सकिने बताउनुभएको छ ।

बागलुङको ताराखोला गाउँपालिकाले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले आर्थिक समृद्धिका लागि तीन तहको सरकारले उत्पादनमुखी अर्थतन्त्रको अवधारण ल्याउनुपर्ने बताउनुभएको हो । मन्त्री बरालले सङ्घीयताको मर्मअनुसार स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच अझै पनि सहकार्य, समन्वय र सहअस्तित्व हुन नसक्दा धेरै योजनाहरुमा एकरुपता आउन नसकेको उल्लेख गर्नुभयो ।

आत्मनिर्भर बन्नका लागि तीन तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्व प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताउँदै उहाँले उत्पादनलाई विशिष्टीकृत गर्नुपर्नेमा जोड दिनुभयो ।

माओबादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्यसमेत रहनुभएका मन्त्री बरालले ताराखोला गाउँपालिका जनयुद्धको जननी भएको बताउँदै आगामी निर्वाचनमा जनताको मन जित्ने गरी योजनाहरु सम्पन्न गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

गाउँपालिकाले निर्माण हुँदै गरेको प्रशासनिक भवन, बहुउद्देश्यीय भवन, सङ्ग्रहालय लगायतका भौतिक संरचना निर्माण सम्पन्न गर्नका लागि आर्थिक अभाव हुन नदिने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

प्रकाशित : २६ कार्तिक २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह