बैंक अफ काठमाण्डू लिमिटेड र मोडर्न रेमिट्यान्स प्रा.लि.बीच रेमिट्यान्स सम्झौता भएको छ ।
बैंक अफ काठमाण्डले देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी रेमिट्यान्स भुक्तानी कार्यको सुरुवात गरेको छ । सम्झौता अनुरुप विश्वका विभिन्न स्थानबाट माडर्न रेमिट्यान्समार्फत पठाएको रकम देशभर रहेको बैंकको जुनसुकै शाखा कार्यालयहरुबाट सरल र सुलभ रुपमा ग्राहकले भुक्तानी पाउन सक्नेछ् ।
बैंक अफ काठमाण्डूले हाल देशभर ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया