काठमाडौं ।
रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । विवरण अनुसार इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७८ को पहिलो त्रैमासमा ४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्ष कम्पनीले ३ करोड रुपैयाँ नाफा कमाएको थियो । यो नाफा गत वर्षको भन्दा ३८.१८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, यो त्रैमाससम्ममा इन्स्योरेन्सको खुद बिमा शुल्क ५८.१० प्रतिशतले बढेर ७३ करोड ५५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष इन्स्योरेन्सले ४६ करोड ५२ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । बिमा शुल्कमा आएको वृद्धिले पनि कम्पनीलाई नाफा बढाउन सहयोग गरेको हो । यसले जीवन बिमा कोष पनि १ अर्ब ३९ करोड रुपैयाँबाट बढाएर ३ अर्ब २ करोड रुपैयाँ पुर्याएको छ । हाल यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ करोड ३४ लाख रुपैयाँ छ ।
यसअवधिमा इन्स्योरेन्सले १४ करोड २९ लाख रुपैयाँ कुल दाबी भक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ४३ लाख ४९ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा (वार्षिक) रहेको रिलायन्सको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ९४ पैसा छ ।
प्रतिक्रिया