काठमाडौँ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैँकले आर्थिक वर्ष २०७६/७८ को असोज मसान्तसम्ममा २४ करोड २० लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
बैँकले सोही अवधिसमा गत वर्ष १८ करोड १ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस वर्षको खुद नाफा गत वर्षको तुलनामा ३४.३७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४५.७८ प्रतिशतले बढेर ४१ करोड ३४ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले २८ करोड ३५ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । बैंकको सञ्चालन नाफा ३४.२० प्रतिशतले बढेर ३४ करोड ५७ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, समीक्षा अवधिमा बैंकको चुक्ता पूँजीमा ६६.६७ प्रतिशत, निक्षेप संकलन १९.२६ प्रतिशत र बैंकको जगेडा कोष ४५.६९ प्रतिशतले बढेको छ । वित्तिय विवरण अनुसार बैँकले नाफा आर्जन गरे पनि प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँबाट १ एक रुपैयाँ १६ पैसा घटेर ४ रुपैयाँ ८४ पैसामा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा छ ।
प्रतिक्रिया