काठमाडौं ।
युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७६/७८ को पहिलो त्रैमासमा १ करोड १९ लाख ३७ हजार नाफा कमाएको छ । कम्पनीले गत वर्ष १ करोड ६ लाख ८७ हजार नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा यस वर्ष ११ प्रतिशतले वृद्धि भएक हो ।
त्यस्तै, कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ८१ लाख रहेको छ ।
कम्पनीले जगेडामा ११ करोड ७७ लाख ८६ हजार र बीमा कोषमा ३३ करोड ८८ लाख सञ्चित गरेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा ४४ करोड १ लाख ८३ हजार बीमा शुल्क आर्जन गरेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा बीमाशुल्क चालू आवको सोही अवधिमा ६४ प्रतिशत वृद्धि भएको हो ।
गत आवको पहिलो त्रैमासमा कम्पनीले २६ करोड ७४ लाख ९७ हजार बीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी कम्पनीको जारी बीमालेखको संख्या ४० हजार २६८ रहेको छ भने नविकरण गरिएको बीमालेखको संख्या ३ हजार ७२५ रहेको छ ।
त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी १ दशमलव १६, मूल्य आम्दानी अनुपात ५१८ दशमलव ९७ र प्रतिशेयर नेटवर्थ १४४ दशमलव ४१ रहेको छ ।
प्रतिक्रिया