Logo

बिजनेस होम

‘न्यू लुक्स’ मा खुकुरी रम


GDP नेपाल
   २९ कार्तिक २०७८, सोमबार


काठमाडौँ ।

नेपाली ब्रान्डको पेय पदार्थ खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ सार्वनिक गरेको छ ।

सन् १९५९ मा स्थापना भएको ‘द नेपाल डिस्टिलरिज’ कम्पनीले ६२ औं वार्षिकोत्सवको मौकामा एक भर्चुअल कार्यक्रममार्फत खुकुरी रमको नयाँ प्याकेजिङ सार्वजनिक गरेको हो । खुकुरी रमको नयाँ प्याकेजिङ लन्डनको विश्वविख्यात कम्पनीले डिजाइन गरेको हो ।

खुकुरी रमले आफ्नो प्याक परिवर्तन गर्नुअघि देशविदेशका ग्राहकहरूसँग परामर्श गरेको जनाएको छ । खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरू एक महिनाअघि नै बन्द भइसकेका छन् ।

हाल नेपालबाहेक १३ देशका बजारमा खुकुरी रम उपलब्ध हुँदै आएको छ । खुकुरी रमको वर्षौंदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षा अनुरुप परिस्कृत गर्दै तयार पारिएको बताइएको छ ।

नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरूको मन जित्ने विश्वास खुकुरी रमको उत्पादक द नेपाल डिस्टीलरिजका महाप्रबन्धक शुभाष लामिछानेले बताए । उनका अनुसार नयाँ प्याकमा समेत खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखिएको छ ।

प्रकाशित : २९ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह