काठमाडौँ ।
विजय लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासीक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार लघुवित्तले २ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ४३.३४ प्रतिशतले धेरै हो । लघुवित्तले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै, लघुवित्तको खुद ब्याज आम्दानी ३९.३४ प्रतिशतले बढेर ९ करोड १८ लाख रुपैयाँ पुगेको छ। लघुवित्तको निक्षेप संकलन १९.८६ प्रतिशतले बढेर १ अर्ब ५१ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी २१.८२ प्रतिशतले बढेर ४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। यस्तै, लघुवित्तको खराब कर्जा ३.४४ प्रतिशतबाट बढेर ४.८ प्रतिशतमा पुगेको छ । हाल २६ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २० करोड ७९ लाख रुपैयाँ छ।
लघुवित्तको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४४ पैसाले बढेर ३७ रुपैयाँ ९५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ २५ पैसा छ।
प्रतिक्रिया