Logo

बिजनेस होम

‘दी ट्रम्प इन्टरनेसनल होटेल’ बेच्दै ट्रम्प


GDP नेपाल
   २९ कार्तिक २०७८, सोमबार


एजेन्सी ।

पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङटनस्थित दी ट्रम्प इन्टरनेसनल होटेल बेच्ने भएका छन् ।

दी ट्रम्प अर्गनाइजेसनले सञ्चालनमा ल्याएको सो होटल करिब ३७५ मिलियन अमेरिकी डलरमा बिक्ने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पको चुनावी अभियानमा होटेलले लाखौं डलर गुमाएपछि अर्गनाइजेसनले सिजिआइ मर्चेन्ट ग्रुपलाई सो होटल लिजमा बेच्ने भएको हो । एक रिपोर्टका अनुसार ट्रम्पको चुनावी अभियानमा सो होटेलले ७० मिलियन डलरभन्दा बढि रकम गुमाएको पुष्टि भएको थियो ।

होटल बिक्रि भएसँगै नाम पनि परिवर्तन गरिने जनाइएको छ । होटेलको नयाँ नाम वाल्डोर्फ एस्टोरिया राखिने र सो होटेल व्यवस्थापनको जिम्मेवारी हिल्टोन ग्रुपले लिने मिडियाले बताएका छन् ।

प्रकाशित : २९ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह