Logo

बिजनेस होम

कोकाकोला र भाइबरबीच साझेदारी


GDP नेपाल
   ३० कार्तिक २०७८, मंगलबार


कोकाकोला नेपालले राकुटेन भाइबरसँगको सहकार्यमा कोक एण्ड मील्सको थिम अन्तर्गत कोकाकोला अगमेन्टेड रियालिटी ९एआर० भाइबर लेन्स ‘फूड र्याण्डमाइजर’ लन्च गरेको छ । नेपालमा १ करोडभन्दा बढी भाइबर प्रयोगकर्ताहरूले सो फिल्टरको मजा लिनसक्ने कोकाकोलाले जनाएको छ ।

आफू र आफन्तका लागि कोक तथा खाना संयोजन गर्न सकिने फिल्टरमा कोक र मम, कोक र पिज्जा, कोक र चाउमिनजस्ता लोकप्रिय कोक र खानाका संयुक्त प्याकेज देखिनेछ । जेनेरेट भएको एउटा कोक एण्ड मील्सको कम्बोमा फिल्टर आएर रोकिएपछि प्रयोगकर्ताले लेन्सलाई सेभ गर्न र कम्बो किनिदिन अनुरोध गरी आफ्ना साथीहरू, कामका सहकर्मीहरू वा परिवारलाई सजिलै पठाउन सक्नेछन् ।

कोकाकोलासँग साझेदारी गर्न पाउँदा उत्साहित भएको बताउँदै भाइबरका सिनियर निर्देशक डेभिडले भने, “हामी कोका–कोलासँग साझेदारी गरी यो रमाइलो, प्रविधि–संचालित परिवार र साथीहरुलाई विभिन्न खानाको संयोजन पस्किन पाउँदा अत्यन्तै उत्साहित छौँ। कोक एण्ड मील्स भाइबर लेन्स प्रियजनहरूसँग जोडिनुलाई अझ आकर्षक र अद्वितीय बनाउनका लागि रहेको हाम्रा धेरै पहलहरू मध्येको एक हो। यसले हाम्रो नेपाली बजारमा खुसी र आनन्दका क्षणहरू ल्याउँनेछ भनेर म विश्वस्त रहेको छु ।

त्यस्तै, कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले कोका–कोलाले सबै परिवारजनलाई साथमा ल्याएर खानाको पललाई विशेष बनाउँने विश्वास व्यक्त गरेका छन् । “कोका–कोलाले सबै परिवारजनलाई साथमा ल्याएर खानाको पललाई विशेष बनाउँछ। यो नयाँ कोक एण्ड मील्स भाइबर लेन्स विशेष गरी नेपालका युवाहरु माझ रमाइलो कुराकानी गराउने र कोक र खानाका साथ विशेष पलहरु मनाउने हाम्रो प्रयास हो। हामी आशा गर्दछौँ कि उपभोक्ताहरू भाइबर लेन्स प्रयोग गर्न उत्साहित हुनेछन् र उनीहरुले साथीहरू र परिवारसँग यसलाई सेयर गरी रमाइलो गर्नेछन्” उनले भने ।

प्रकाशित : ३० कार्तिक २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह