काठमाडौँ ।
मेगा बैंकले लाभांश संशोधन गरेको छ।
नेपाल राष्ट्र बैंकले कर प्रयोजनको लागि नगद समेत प्रस्ताव गर्न निर्देशन दिएपछि बेँकले पुनः लाभांश दर संशोधन गरेको हो । यसअघि बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट १२.०७ प्रतिशत बोनश शेयर मात्रै वितरण गर्ने प्रस्ताव गरेको थियो ।
राष्ट्र बैँकले निर्देशन दिएपछि बैंकले मंगलबार १० प्रतिशत बोनश शेयर र २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया