काठमाडौं ।
अब विश्वको जुनसुकै कुनामा रहे पनि एनएमबी बैँकमा खाता खोल्न सकिने भएको छ ।
भिडियो केवाईसीको सुरूवात गर्दै बैँकले विश्वको जुनसुकै कुनामा रहेर पनि भिडियो कलमार्फत केवाईसी भेरिफिकेसन पश्चात् ५ मिनेटमै खाता खोल्न सकिने सुविधा ल्याएको हो । बैंकले एक कार्यक्रम आयोजना गर्दै भिडियो केवाईसीको सुरुवात भएको जनाएको छ । ग्राहकहरूले एनएमबि बैंकमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा अपडेट गर्न सक्ने जनाएको छ ।
यस्तै, बैँकले अहिलेका चर्चित नायक तथा मोडल पल शाहलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।
प्रतिक्रिया