Logo

बैंक / बिमा /शेयर

मानुषी लघुवित्तको पहिलो त्रैमासमा ४ लाख नाफा


GDP नेपाल
   १ मंसिर २०७८, बुधबार


काठमाडौँ ।

मानुषी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थाले पहिलो त्रैमासमा ४ लाख २४ हजार नाफा कमाएको छ ।

गत आवको पहिलो त्रैमासमा संस्था १३ लाख ५९ हजार घाटामा रहेको थियो ।

चुक्तापूँजी १० करोड ९३ लाख ७५ हजार रहेको उक्त कम्पनीले जगेडामा ४ करोड ३१ लाख ७१ हजार सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ४४ करोड ८० लाख सापटि लिएर,६७ करोड ६२ लाख निक्षेप संकलन गरेर १ अर्ब २० करोड ७४ लाख ७५ हजार कर्जा लगानी गरेको छ ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८ दशमलव ८६(वार्षिक),मूल्य आम्दानी अनुपात ४३ दशमलव ३६,तरलता अनुपात ५ दशमलव ९१ प्रतिशत र प्रतिशेयर नेटवर्थ १३९ दशमलव ४७ रहेको छ ।

प्रकाशित : १ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह