Logo

बैंक / बिमा /शेयर

प्राइम लाइफ इन्स्योरेन्सकाे पहिलो त्रैमासमा १२ करोड २५ लाख बढी नाफा


GDP नेपाल
   १ मंसिर २०७८, बुधबार


काठमाडौँ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणका अनुसार कम्पनीले पहिलो त्रैमाससम्ममा १२ करोड २५ लाख ७५ हजार नाफा कमाएको हो ।

गत वर्षको तुलनामा कम्पनीको नाफा १ दशमलव ४९ प्रतिशत वृद्धि भएको हो । गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले १२ करोड ७ लाख ७४ हजार नाफा कमाएको थियो । त्यस्तै, ककम्पनीले गत आवमा १५ करोड ७० लाख ३० हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर १७ करोड ५४ लाख ९१ हजार पुगेको हो ।

चुक्तापूँजी २ अर्ब ४१ करोड ७० लाख रहेको उक्त कम्पनीले जगेडामा रू। ८० करोड २९ लाख ३९ हजार सञ्चित गरेको छ । त्यसैगरी जीवन बीमा कोषमा  १५ अर्ब ७२ करोड ४६ लाख सञ्चित रहेको छ । गत आवको तुलनामा चालू आवमा जीवन बीमा कोष २७ प्रतिशत वृद्धि भएको हो ।

त्यसैगरी कम्पनीले चालू आवमा रू। १ अर्ब १८ करोड ३३ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको तुलनामा ९ दशमलव ८ प्रतिशतले वृद्धि भएको हो । गत आवमा कम्पनीले  १ अर्ब ७ करोड ७४ लाख बीमाशुल्क आर्जन गरेको थियो । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी २० दशमलव २८, मूल्य आम्दानी अनुपात ४१ दशमलव ३१ गुणा र प्रतिशेयर नेटवर्थ १४० दशमलव १५ रहेको छ ।

प्रकाशित : १ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह