काठमाडौं ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सवर्मजनिक गरेको छ । विवरण अनुसार कम्पनी पहिलो त्रैमासमा १३ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत वर्षको तुलनामा ९.२८ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको खुद बीमाशुल्क २.५३ प्रतिशत अर्थात ४४ करोड ५० लाख रुपैयाँले बढेको छ। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ४३ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ५ करोड २४ लाख रुपैयाँ, पुनर्बीमा कमिशन वापत १५ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ।
चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६३ करोड ८८ लाख रुपैयाँ, शेयर प्रिमियम ९ करोड ५७ लाख रूपैयाँ, बीमा कोषमा १ अर्ब ३६ करोड २० लाख रुपैयाँ र महाविपत्ती कोषमा १३ करोड २३ लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीले ३ हजार ६१४ दाबीबापत ४७ करोड २७ लाख रुपैयाँ भुक्तानी गरिसकेको दृेखाएको छ । त्यस्तै, १२ हजार ३८७ दाबी बापत २ अर्ब १४ करोड ९७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।
प्रतिक्रिया