Logo

बैंक / बिमा /शेयर

जनकपुर उपमहानगरमा लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर


GDP नेपाल
   १ मंसिर २०७८, बुधबार


धनुषा ।

लक्ष्मी बैंकले जनकपुर उपमहानगरपालिका स्थित धनुषा जिल्ला अदालतमा आठौँ एक्स्टेन्सन काउण्टर स्थापना गरेको छ ।

यससँगै देशभर बैंकको १३८ शाखा, ८ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १६८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु रहेका छन् । यसका साथै बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वाससहित सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।

एक्स्टेन्सन काउण्टरको विस्तारसँगै बैंकले ग्राहकहरुलाई शाखा कार्यालय, ए.टि.एम., इन्टरनेट बैंकिङ्ग वा मोवाईल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

 

प्रकाशित : १ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह