Logo

बैंक / बिमा /शेयर

नबिल बैंकद्वारा ‘प्रिमियम रेमिट्यान्स सेभिङ अकाउन्ट’ सुचारु


GDP नेपाल
   २ मंसिर २०७८, बिहिबार


आफ्ना ग्राहकहरुलाई समयानुकूल सेवा प्रदान गर्दै आइरहेको नबिल बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत “Nabil Premium Remittance Savings Account” संचालनमा ल्याएको छ।

जस अन्तर्गत बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ। ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् । यस”Nabil Premium Remittance Savings Account”  मा बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित व्याजदर मध्येको उच्च व्याजदर प्रदान गर्नेछ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८९ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समयानुकुल सेवा प्रदान गर्दै आएको छ। बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ।

प्रकाशित : २ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह