काठमाडौँ ।
अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ । गत वर्ष सोही अवधिमा ५ करोड ३० लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्ष १ करोड १० लाख १८ हजार रुपैयाँ खुदनाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ७९.२३ प्रतिशतले घटेको हो ।
यस्तै, कम्पनीको खुद बिमा शुल्क आर्जन पनि १०.४६ प्रतिशतले घटेर १० करोड ३५ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको बिमा कोष भने ३२.७३ प्रतिशतले बढेर ११ करोड ६९ लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बिमा कोषमा ८ करोड ८१ लाख २७ हजार रुपैयाँ थियो । असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४ पैसा र प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ७४ पैसा छ ।
प्रतिक्रिया