प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार पहिलो बैमासमा कम्पनीले ६ करोड ५४ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा कम्पनीको खुद नाफा १६.१७ प्रतिशतले वृद्धि भएको हो ।
समीक्षा अवधिसम्ममा कम्पनीको खुद बिमा शुल्क आम्दानी छ दशमलव १४ प्रतिशतले बढेर २३ करोड ६५ लाख ८६ हजार रुपैयाँ पुगेको छ । कम्पनीको बिमा कोषमा ८३ करोड २८ लाख रुपैयाँ छ । प्रभुको जगेडा कोषमा नौ दशमलव ७६ प्रतिशतले बढेर २५ करोड ८३ लाख ७४ हजार रुपैयाँ जम्मा भएको छ । यस अवधिसम्ममा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी भने छ रुपैयाँ कायम भएको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ छ ।
प्रतिक्रिया