Logo

बैंक / बिमा /शेयर

आइएमई जनरल इन्स्योरेन्सको क्षति मुल्याङ्कनकर्ता तालिम सम्पन्न


GDP नेपाल
   २ मंसिर २०७८, बिहिबार


आइएमई जनरल इन्स्योरेन्सले क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ ।

बीमा समितिले बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको व्यवस्था गर्न कम्पनीलाई दुई जिल्लाको जिम्मेवारी दिएको थियो । जस अन्तर्गत कम्पनीलेसोलुखुम्बु र ओखलढुङ्गा जिल्लाका सहभागिहरुलाई एकै स्थानमा समावेश गरि तालिम सम्पन्न गरेको हो । सो तालिम समितिको प्रतिनिधिको रोहवरमा कार्तिक २८ देखि ३० गतेसम्म सोलुखुम्बुको पत्ताले गुठीभवनमा सम्पन्न भएको छ ।

उक्त तालिममा १५ जनाको सहभागिता रहेको थियो । क्षति मुल्याङ्कनकर्ताको तालिम पश्चात कृषि तथा पशुपन्छी बीमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मुल्याङ्कनकर्ताले मुल्याङ्कन गरी दावी भुक्तानी गर्ने व्यवस्थाबाट बीमामा उल्लेख रुपमा सुधार भई कम्पनीले ग्राहकलाई बीमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा कम्पनीले लिएको छ ।

प्रकाशित : २ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह