Logo

बैंक / बिमा /शेयर

सिटी एक्सप्रेसकाे “सिटी आयो लखपति बनायो” योजना सम्पन्न, ५ लखपति बिजेताको नाम घोषणा


GDP नेपाल
   २ मंसिर २०७८, बिहिबार


सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सिटी आयो लखपति बनायो” योजना अन्तर्गत कार्तिक महिनाको पाँच भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । योजना अन्तर्गत ५ जनाले जनही रु १ लाख जित्न सफल भएका छन् ।

विद्युतीय प्रणालीद्वारा सम्पन्न विजेता छनौटमा साउदीबाट रेमिटान्स पठाउने खगेन्द्र बुढाथोकीे , मलेशियाबाट उदय राम यादव, कुवेतबाट रमिता तामाङ , कोरियाबाट दिल बहादुर पुन र कतारबाट रेमिटान्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बन्न सफल भएको कम्पनीले जनाएको छ ।

ट्रान्सफरले गत भदौ ३१ गतनेपालीहरुको महान चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने “सिटी आयो लखपति बनायो ” उपहार योजना घोषणा गरेको थियो । सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना (कुल ६१ जना) विजेतालाई रु १०,००० उपहार प्रदान गरेको छ । साथै हरेक महिना ५ जनालाई रु १ – १ लाख गरी २ महिना सम्म १० जना लखपति बन्न सफल भएका छन् ।

कम्पनीका अनुसार यस “सिटी आयो लखपति बनायो” अफर असोज १ गते देखि कार्तिक ३० गते सम्म चलेको थियो । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी गरिएको थियो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह