Logo

बैंक / बिमा /शेयर

आइएमई डबलको डबलको डबल अफरका भाग्यशाली विजेता घोषणा


GDP नेपाल
   २ मंसिर २०७८, बिहिबार


आइएमईले चाडपर्व लक्षित गरि ल्याएको आइएमई डबलको डबलको डबल अफरका अन्तिम भाग्यशाली विजेता सार्वजनिक गरेको छ ।

प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार आइएमई सेवाग्राही दोलखाका जियेश दाहाल भाग्यशाली विजेता छनोट भएका हुन् । उनले १२ लाख १२ हजार ४६४ रुपैयाँ जितेका छन् । 

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल र ब्राण्ड एम्बासडरद्धय दीपकराज गिरि र दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारिक स्टार्ट बटम क्लिक गरि भाग्यशाली विजेता छनोट गरेका हुन् । अन्य विजेताहरुमा मुनाल क्षेत्री र लोकमाया क्षेत्री रहेका छन् । मुनाल क्षेत्रीले ८६ हजार र लोकमाया क्षेत्रीले  ४३ हजार पाएकी छिन् । 

प्रकाशित : २ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह