काठमाडौँ ।
हिमालयन जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
इन्स्योरेन्सले पहिलो त्रैमासमा २ करोड ६९ लाख मुनाफा गरेको छ । यो गत वर्षको तुलनामा २.४७ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष कम्पनीले २ करोड ६२ लाख रुपैयाँ मुनाफा गरेको थियो ।
कम्पनीको खुद बिमा शुल्क ४.८५ प्रतिशतले बढेर ८ करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले ८ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । यस्तै, गत वर्षको तुलनामा बिमा कोष ०.२२ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ५७ करोड ४१ लाख रुपैयाँ रहेको बिमा कोष अहिले बढेर ५७ करोड ५४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खुद दाबी भुक्तानीमा ४ करोड ५ लाख रुपैयाँ रहेको छ । कुल दाबी भुक्तानी हुन बाँकी रकम भने ७८ करोड ६३ लाख रुपैयाँ छ ।
चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको यसको जगेडा कोषमा ३८ करोड ५८ लाख रुपैयाँ छ । प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७९ पैसा रहेको हिमालयनको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ६१ पैसा छ ।
प्रतिक्रिया