Logo

बैंक / बिमा /शेयर

९ प्रतिशतले बढ्यो नेपाल इन्स्योरेन्स नाफा


GDP नेपाल
   ३ मंसिर २०७८, शुक्रबार


काठमाडौँ ।

नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार पहिलो त्रैमासमा कम्पनीले ५ करोड ९५ लाख ११ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा ९.११ प्रतिशतले बढेको हो । कम्पनीले गत वर्ष ५ करोड ४५ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा कम्पनीको बिमा कोषको आकार ३६.८६ प्रतिशतले बढेर ६२ करोड ३९ लाख १२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बिमा कोषमा ४५ करोड ५८ लाख ७० हजार रुपैयाँ थियो । खुद बिमा शुल्क ६.८५ प्रतिशतले बढेर २० करोड ३५ लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको अवधिमा यसले १९ करोड ५ लाख ४० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । प्रतिशेयर आम्दानी १९ रुपैयाँ १६ पैसा र प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ४६ पैसा छ ।

प्रकाशित : ३ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह