Logo

बैंक / बिमा /शेयर

नेपाल बङ्गलादेश बैंकको नयाँ सञ्चालक समिति चयन,१५ प्रतिशत लाभांश पारित


GDP नेपाल
   ३ मंसिर २०७८, शुक्रबार


काठमाडौँ ।

नेपाल बङ्गलादेश बैंकका अध्यक्ष एआरएम नजसमुस शकिबको अध्यक्षतामा बसेको बैठकले नयाँ सञ्चालक समितिको निर्वाचन सम्पन्न गरेको छ ।

सभाले आगामी कार्यकालका लागि बैङ्कको ६ जना सञ्चालक समिति चयन गरेको छ । जसमा संस्थापक समूहबाट एआरएम नजमुस शकिब, एम शाह आलम सरवर तथा क्यामरुन नहर अहमद निर्वाचित भएका छन् । त्यस्तै सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, योगिता दाहाल तथा अमन साह निर्वाचित भएका छन् ।

बैंकको २७ औँ वार्षिक साधारणसभा तथा सञ्चालक समितिको बैठकले लाभांश वितरणसम्बन्धी प्रस्ताव समेत पारित गरेको छ । प्रस्ताव अनुसार बैंकले सेयरधनीलाई १५.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १२ प्रतिशतका दरले बोनस शेयर र ३.५० प्रतिशत (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) का दरले नगद लाभांश वितरण गर्ने भएको हो ।

प्रकाशित : ३ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह