काठमाडौँ ।
प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित नगद लाभांश बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् । यसअघि कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ११.५५ नगद लाभांश दिएको थियो ।
प्रतिक्रिया