Logo

बैंक / बिमा /शेयर

एनएमबि बैंकले ३ अर्ब ५० करोडको ऋणपत्र निष्कासन गर्न पायो अनुमति


GDP नेपाल
   ५ मंसिर २०७८, आइतबार


एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बरावरको ३५ लाख कित्ता ऋणपत्र निष्कासनका लागि मंसिर ३ गते बोर्डको अनुमति पाएको हो । बोर्डको अनुमति पाएसँगै बैंकले ऋणपत्र निष्कासनको मिति तय गर्नेछ । 

कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्कासन गर्नेछ भने २१ लाख कित्ता ऋणपत्र ब्यक्तिगत तबरबाट विक्री गर्नेछ ।  विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिका एनएमबि इनर्जी बोण्ड नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । 

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह