काठमाडौँ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआइसी (नेपाल)ले आर्थिक बर्ष २०७६/२०७७ को नयाँ बोनसदर सार्वजनिक गरेको छ ।
कम्पनीको आर्थिक वर्ष २०७६र२०७७ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बिमाङ्किय प्रतिवेदनलाई बीमा समितिले स्विकृत प्रदान गरेपछि बोनस दर प्रतिहजार न्युनतम ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म घोषणा गरेको हो । जीवन बिद्या (३५२), जीवन साथी (३५७) सावधिक (३३३) बीमालेखमा कम्पनीले बीमा अवधिअनुसार न्यूनतम ५४ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने भएको छ । जीवन आनन्द ९३४२० बीमा योजना कम्पनीले प्रतिहजार ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ ।
बाल सावाधिक (३४९) बीमा योजनामा कम्पनीले प्रतिहजार ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ । धन बृष्टि (३५८) बीमा योजनामा कम्पनीले १० र १५ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनस दिने भएको छ । धन फिर्ता (३३४, ३३५, ३३६, ३३७, ३३९, ३४३) बीमा योजनामा कम्पनीले १५ वर्षे बीमा अवधिमा प्रतिहजार ५६ रुपैयाँ, २० वर्षे बीमा अवधि योजनामा ५७ रुपैयाँ र २५ वर्षे बीमा अवधिमा ६० रुपैयाँ बोनस दर दिने सूचना निकालेको छ ।
स्नेह (३४१) बीमा योजना कम्पनीले न्यूनतम ५७ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस दर दिने भएको छ । जीवन तरग (३४५) बीमा योजनामा कम्पनीले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ ।
यस्तै कम्पनीले जीवन बचत (३५९) बीमा योजना कम्पनीले न्युनतम प्रतिहजार ४५ रुपैयाँदेखि ६६ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।
प्रतिक्रिया