काठमाडौँ ।
सानिमा जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७७/७८ मा लाभांश नदिने निर्णय गरेको छ ।
मंसिर ६ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको ९५ औ बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले वित्तियय विवरण स्वीकृतिका लागि नियामक निकाय बीमा समितिमा पठाउने निर्णय गरेको हो ।
एक अर्ब चुक्ता पूँजी रहेको कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले २ करोड ४३ लाख ४७ हजार नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको जगेडा कोषमा ९ करोड ६६ लाख रुपैयाँ सञ्चित छ भने बीमा कोषमा १० करोड ४९ लाख रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीले ६ करोड ५५ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो ।
प्रतिक्रिया