काठमाडौँ ।
मेगा बैँकले नेपाल लिमिटेडले मंसिर १८ गते ११ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । बैंक तथा वित्तीय संस्था मर्जर र एक्विजिसनसम्बन्धी काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति गर्ने लगायतका एजेण्डा छन् ।
साधारणसभा प्रयोजनका लागि बैंकले १४ मंसिरमा बुकक्लोज गर्ने भएको छ । जसअनुसार १३ मंसिरसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया